राष्ट्रपति कार्यालयले साढे ९ करोड सरकारको संघीय सञ्चित कोषमा फिर्ता पठायो


हरेकपल April 17, 2020

काठमाडौं, ५ वैशाख । राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय सञ्चित कोषमा जम्मा गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९)का कारण विषम परिस्थिति उत्पन्न भएको कारण दर्शाउँदै शीतलनिवासले रकम पर्तिा गरेको हो ।

कार्यालयले विभिन्न शीर्षकअन्तर्गत विनियोजित बजेटबाट यो रकम सञ्चित कोषमा जम्मा गरेको जनाएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले शुक्रबार एक विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएका हुन् ।