अवैध रुपमा नेपाल प्रवेश गरेका ८ जना भारतीय नागरिकमा कोरोना भाइरसको आशंका


हरेकपल April 17, 2020

विराटनगर, ५ वैशाख । अवैध रुपमा नेपाल प्रवेश गरेका ८ जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड–१९)को आशंका गरिएको छ । लकडाउनका वेला नेपाल छिरेका उनीहरु लुकेर उदयपुरमा बसेका थिए ।

उनीहरुले आफूहरु सप्तरीमा भएको धार्मिक सभामा सहभागी हुन आएको र त्यसपछि विभिन्न जिल्ला घुमेर उपदयपुर आएको दाबी गरेका छन् । शंकास्पदहरुलाई विराटनगर ल्याउने तयारी छ । उनीहरुलाई अहिले मस्जिदमै राखिएको छ ।

सुरुमा उनीहरुको र्यापिड टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । शंका लागेर पुनः पिसिआर विधिबाट परीक्षण गर्दा सबैमा ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएको थियो ।

उनीहरु १० जनाकै नमुना शुक्रबार विहान काठमाडौं पठाइएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट भने आउन बाँकी छ ।