नेपालमा एकै दिन १४ जना कोरोना संक्रमित थपिए, जम्मा ३० पुगे


हरेकपल April 17, 2020

काठमाडौंं, ५ वैशाख । नेपालमा एकैदिन १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसअनुसार उदयपुरका १२ जना र चितवनका दुईजनामा कोरोना पुष्टि भएको हो । 

राष्ट्रिय प्रयोगशाला टेकुले उनीहरुमा कोरोना पुष्टि गरेको हो । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमणको आशंका भएपछि उनीहरुको स्वाब परीक्षणका लागि टेकु पठाइएको थियो । 

उदयपुरमा रहेका १२ मध्ये आठजना भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका–८ का आमा छोरा हुन् ।