आज वरूथिनी एकादशीव्रत, महिमा सहित हेर्नुहोस् २०७७ वैशाख ६ गते


हरेकपल April 18, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको ६ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको १८ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख कृष्णपक्षको वरूथिनी एकादशी तिथि राति ११।५३ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । शतभिषा नक्षत्र अहोरात्र रहनेछन् । यसैगरी आज शुक्ल योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ५।३८ मा छ भने सूर्यास्त बेलुका ६।३० बजे हुनेछ । चन्द्रम आज कुम्भ राशिमा रहेका छन् ।


आज वरूथिनी एकादशीव्रत परेको छ । वैशाख कृष्णपक्षको एकादशीलई वरूथिनी भनिन्छ । वरूथको अर्थ कवच वा रषक भन्ने हुन्छ । पापकर्म हुन नदिने वा अनजानमै भए गरेका पापकर्मबाट बचाउने एकादशीव्रत रहेकाले यो एकादशीको नाम वरूथिनी रहनगएको हो । जहाँ साक्षात् विष्णु भगवान्ले भालुको शिकार बन्न लागेका मान्धाताको जीवन रक्षा गर्नु भई कवचको रूपमा भगवान् प्राप्त हुनुभएको कथा वर्णन पाइन्छ ।


वरूथिनी एकादशीको व्रत धारण सम्पूर्ण पाप नष्ट भएर यो लोकमा भुक्तिका साथै परलोकमा पनि मुक्ति पपत हुन्छ भन्ने फल श्रीकृष्ण भगवान्ले राजा युधिष्ठिरलाई भविष्योत्तर पुराणमा बताउनुभएको छ ।


सौभाग्यदायिनी राजन्निह लोके परत्र च ।
वैशाखकृष्णपक्षे तु नाम्ना चैव वरूथिनी ।।
वरूथिन्य व्रतेनैव सौख्यं भवति सर्वदा ।
पापहानिश्च भवति सौभागयप्राप्तिरेव च ।।
(भविष्योत्तरपुराण)
दशवर्ष तपस्या गरेको फल वरूथिनी एकादशीको व्रतधारण गर्नाले पाइन्छ । वरूथिनी एकादशीको व्त धारणगर्नाले उत्तमातिउत्तम दान गरे बराबरको फल प्राप्त हुने कुरा एकादशी माहात्म्यमा बताइएको छ ।


घोडादानभन्दा उत्तम हात्तीदान हो, हात्तीदानभन्दा उत्तम तिलदान हो, तिलभन्दा सुनदान सुनदानभन्दा पनि अन्नदान अधिक फलदायी रहने गर्दछ । अन्नदानलाई कन्यादान समान मानिएको छ । अर्थात् अन्नदानभन्दा अर्को उत्तम दान छैन किनकि अन्नदानले पितृ एवं देवता दुवै तृप्त हुने गर्दछन् । यसैगरी गाईदान भन्दा विद्यादानलाई उत्तम मानिएको छ । यस् ुम्पूर्ण दान गरे बराबरकाके फल वरूथिनी एकादशीको व्रत धारण गर्नाले प्राप्त हुन्छ भनी एकादशी माहात्म्यमा वर्णन गरिएको छ ।