महाशून्य


हरेकपल April 18, 2020

नियतीले खनेका
गोरेटाहरूमा
निरन्तर हिँड्नु छ ।

सुखका चौतारीमा
एकक्षण सुस्ताएर
दुःखकै भारी बोकेर
चढ्नु छ पहाड ।
तर्नु छ
आँसुका सागरहरू ।

विधिको विधानले
जन्मसँगै
निर्धारण गरेको गन्तव्यसम्म
पुग्ने यात्रा न हो जीवन ।

योभन्दा पनि
अरू केही हो भने
भ्रम हो,
अहम् हो,
अनि शून्य हो,
शून्य, महाशून्य हो ।