दोस्रो संक्रमित युवती काेराेना जितेर घर फर्किइन्


हरेकपल April 18, 2020

काठमाडौँ, ६ वैशाख । नेपालको दोस्रो कोरोना भाइरस (कोभिड—१९) संक्रमित निको भएर २७ दिनपछि आज डिस्चार्ज भएकी छिन् । चैत १० गते कोरोना पुष्टि भएकी १९ वर्षीया युवती टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचाररत थिइन् । पूर्ण स्वास्थ्यलाभपछि शनिबार श्रेष्ठलाई डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिएका छन्।

डिस्चार्जपछि उनले सञ्चार माध्यमलाई प्रतिक्रिया दिदै आफू पूर्ण निको भएर फर्किएको बताएकी छिन् । साथै उनले आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको उल्लेख गरिन् । उनी चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन्। नेपालमा पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो। उनी निको भइसकेका छन्। नेपालमा हालसम्म ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।

तस्वीर साैजन्य : स्वास्थ्य मन्त्रालय