आज आइतवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् २०७७ वैशाख ७ गते


हरेकपल April 19, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको ७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको ९८ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख कृष्णपक्षको द्वादशी तिथि राति १।३७ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । शतभिषा नक्षत्र बिहान ५।५५ बजेसम्म रहनेछन् । यसैगरी आज ब्रह्म योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ५।३६ मा छ भने सूर्यास्त बेलुका ६।३१ बजे हुनेछ । चन्द्रम आज कुम्भ राशिमा रहेका छन् ।


आज आइतवार सूर्य भगवान्को उपासनासँगै सूर्यलाई अर्घदान लाभदायी रहनेछ । यसैगरी आज आदित्यहृदयस्तोत्र पाठका साथै राता वस्तुको प्रयोग पनि शुभ रहनेछ ।