गिनिजबुकमा आफ्नो नाम लेखिनुपर्ने प्रधानमन्त्री ओलीको दाबी


हरेकपल April 19, 2020

काठमाडौं, ७ वैशाख । संसारमा दुईपटकसम्म मिर्गौला प्रत्यारोपण गरेर शासन सत्ता चलाउने कोही व्यक्ति नभएको भन्दै प्रधानमन्त्री केपी ओलीले आफ्नो नाम गिनिजबुकमा लेखिनुपर्ने दाबी गरेका छन् ।

आफू बिरामी अवस्थामा पनि देश र जनताको लागि १८ घण्टा खटेको उल्लेख गर्दै उनले आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्दा फरक नपर्ने बताए ।  यसबारे आफूले गुगल सर्च गरेको पनि प्रधानमन्त्री ओलीले बताएका छन् । 

‘मैले केही पनि मागेर हिँडेको त छैन, विभिन्न देशले विभिन्न सम्मान र मानार्थ उपाधीहरु दिएका छन्,’ प्रधानमन्त्रीले भने, ‘वास्तवमा मैले पाउनुपर्ने त गिनिज बुकमा नाम हो । 

शनिबार सरकारी सञ्चारमाध्यमका सम्पादकहरुलाई संयुक्त अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएको खबर छ ।