विराटनगर, ७ वैशाख । विराटनगरमा रहेको कोरोना विशेष अस्पतालले कोरोना संक्रमित बिरामीलाई खानेकुरा पुर्याउन यन्त्रमानव (रोबर्ट)को प्रयोग गर्ने भएको छ । कोबिड १९ अस्पतालमा अहिले उदयपुरबाट ल्याइएको १३ जना कोरोना संक्रमितलाई राखिएको छ ।
विराटनगर महानगरपालिकाले कोरोना विशेष अस्पतालका लागि उक्त रोबर्ट तयार पारेको हो ।मेयर भीम पराजुलीले अस्पतालमा कोरोना संक्रमितलाई राखिएकाले उनीहरुको संसर्गबाट अरुलाई कोरोना संक्रमण नहोस् भनेर रोबर्टको सहायता लिन लागिएको बताए ।
महानगरको संयोजनमा कारखाना नामक संस्थाले पाँच दिन लगाएर ५० हजार रुपैयाँको लागतमा यो रोर्बटको विकास गरेको हो । महानगरले सोमबार प्रदेश सरकारलाई रोबर्ट हस्तान्तरण गर्ने जनाएको छ ।
उक्त रोबर्टले अस्पतालपरिसरमा हानिकारक जीवाणु मार्न औषधि छर्ने काम पनि गर्नेछ ।