फुटको संघारमा नेकपा, प्रधानमन्त्री ओलीले बोलाए सचिवालय बैठक


हरेकपल April 20, 2020

काठमाडौं, ८ वैशाख । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालयको बैठक बोलाएका छन् ।

ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसको पुष्टि गरेका छन् ।

यसअघि सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कुनै पनि पार्टीको संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

सोमबारै दिउँसो पूर्वमाओवादी समूहका मन्त्रीहरू अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।