महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैयाँ सहयोग


हरेकपल April 20, 2020

बुटवल, ८ वैशाख । प्रजातन्त्रवादि इन्जिनियरको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) प्रदेश ५ ले महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।  

पुनद्वारा सञ्चालित आविष्कार केन्द्रले पछिल्लो समय कोरोना भाइरसको महामारीबाट देशवासीलाई बचाउन सहयोग गर्ने हेतुले कोरोना परिक्षण नमुना संकलन बुथ, पिपिई, स्यानिटाइजर टनेललगायत सामग्री निमार्ण गरिरहेको छ । 

(सिडेन) प्रदेश ५का सहसचिव ई.अर्जुन गिरीका अनुसार सिडेनमा आबद्ध इन्जिनियर मिलेर सो सहयोग रकम जुटाएका हुन् । वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रोत्साहित गर्ने उद्देश्यले सो सहयोग गरिएको गिरीले बताए ।