श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको ९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको २१ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख कृष्णपक्षको चतुर्दशी तिथि अहोरात्र रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । उत्तराभाद्रपदा नक्षत्र बिहान १०।५२ बजेसम्म रहनेछन् । यसैगरी आज वैधृति योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।३५ मा छ भने सूर्यास्त बेलुका ६।३१ बजे हुनेछ । चन्द्रम आज मीन राशिमा रहेका छन् ।
आज मंगलवार गणेशजीका साथै हनुमानजीको उपासना गर्ने उत्तम दिन हो । आज गणेशजीलाई लड्डु एवं दुवोको अर्पण लाभदायी रहनेछ । यसैगरी आज गणेशस्तोत्रपाठका साथै हनुमानजीको आराधना पनि शुभ फलदायी रहनेछ ।