सवै पालीकामा काँग्रेसले स्वास्थ सामाग्रि वितरण गर्दै


हरेकपल April 21, 2020

रामेछाप । नेपाली काँग्रेस रामेछाप काठमाडौ सम्पर्क समितिले जिल्लाका सवै पालीकाहरुका स्वास्थ कर्मिहरका लागि स्वास्थय सामाग्रि वितरण गरेको छ । मुलुकमा बढ्दो कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमणबाट स्वास्थकर्मिहरुलाई उपचारको क्रममा सुरक्षित रहन सजिलोहोस भन्नका लागि सम्पर्क समितिले जिल्लाका सवै पालीकाहरुका लागि पीपीई सेट र सर्जीकल माक्स वितरण गर्नै कामलाई तिब्र बनाएको हो ।


संम्पर्क मन्चका अध्यक्ष राजनारायण श्रेष्ठले दिएको जानकारी अनुसार कोरोनाको संभावित संंक्रमणबाट सुरक्षित रहनु सरकार संग्ौ अन्य क्षेत्रको पनि उत्तिकै दायीत्व भएकाले नेपाली कागेस सम्पर्क मन्चले सरकारी अभियानलाईनै सजिलो होस भन्नका लागि जिल्लाका दुई नगरपालीका र ६ वटा गाउँपालीकाहरुका लागि ति साम्रागि वितरणको काम अगाडि बढाएको छ । जस अन्र्तगत सम्पर्क समितिले अहिले सम्म मन्थली र रामेछाप नगरपालीकाको अलाबा दोरम्बा गाउँपालीका गोकुलगंगा खाँडादेवी र सुनापति गाउँ पालिकाका प्रमुखहरु मार्फत त्यहाँका स्वास्थ कर्मिहरुको लागि उपचारको क्रममा लगाउने पीपीई सेट र सर्जिकल माक्स सहयोग स्वरुप उपलब्ध गाराएको होे ।


सम्पर्क समितिले अरु क्षेत्रको तुलनामा स्वास्थय क्षेत्रका मानिस सबैभन्दा बढि जोखिम हुने हुुनाले रामेछाप नगरपालीकालाई १४ थान पीपीई, माक्स थान,मन्थल िनगरपालीकाको लागि पीपीई २० थान,सर्जिकल माक्स ५० थान ,खाँडादेवी गाउँपालीकाका लागि ११ थान पिपिई र सर्जिकल माक्स ५० थान , सुनापति गाउँपालीकाका लागि ९ थान पीपीई र ५० थान सर्जिकल माक्स तथा दोरम्वा र गोकुलगंगा गाउँपालीकामा क्रमश नौ नौ थान पीपीई र ५०÷५० थान सर्जिकल माक्स उपलव्ध गराई सकिएको समितिका उपाध्यक्ष प्रदिप बस्नेतले जानकारी दिए ।


त्यसैगरि समितिले बांकि रहेका रामेछाप नगरपालीका , उमाकुण्ड र लिखु तामाशकोशि गाउँपालीका हरुमा पनि ति सामान तत्काल वितरण गर्ने र ति पालीका हरुका लागि पनि अन्य पालीकाकै सरह सामाग्रि हस्तान्तरण गर्न लागिएको समितिका सचिव उमेश घिमिरेले जानकारी दिए । आफनो पार्टि प्रमुख प्रतिपक्षको भूमिका निभाउँदै आएको भएपनि मानविय समबेदनाका बारेमा आफनो पार्टि पनि गम्भिर र जिम्मेवार भएर सरकारी अभियानमा सहकारी गर्दे लागि परेको पनि सचिव घिमिरेले बताए ।