आज बुधवार, पञ्चाङ्गसहित हेर्नुहोस् २०७७ वैशाख १० गते


हरेकपल April 22, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको १० गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको २२ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख कृष्णपक्षको चतुर्दशी तिथि बिहान ५।४१ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । रेवती नक्षत्र दिवा १।२९ बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भ योग र चतुष्पद करण रहेका छन् । आज सूर्योदय बिहान ५।३४ मा छ भने सूर्यास्त बेलुका ६।३२ बजे हुनेछ । चन्द्रम आज मीन राशिमा रहेका छन् ।


आज बधुवार लक्ष्मीनारायण भगवान्को उपासना शुभफलदायी रहनेछ । यसैगरी आज विष्णुसहस्रनामको पाठ पनि लाभदायी रहनेछ ।