अमेरिकामा कोरोनाले एकैदिन २ हजार ८ सय ४ जनाको मृत्यु, १४ हजारको अवस्था गम्भिर


हरेकपल April 22, 2020

एजेन्सी । कोरोना भाइरसको केन्द्रविन्दु बनेको अमेरिकामा एकैदिन २ हजार ८ सय ४ जनाको मृत्यु भएको छ । यो संगै अमेरिका मृत्यु हुनेको संख्या ४५ हजार ३ सय १८ पुगेको छ ।

वल्डोमिर्टरका अनुसार अमेरिकामा मंगलबार २५ हजार ८६८ नयाँ संक्रमित थपिएको छ । यससंगै संक्रमित संख्या ८ लाख १८ हजार ७ सय ४४ पुगेको हो ।

अमेरिकामा संक्रमित मध्य ८२ हजार ९ सय ३ जना उपचारपछि निको भएका छन भने उपचार गराईरहेको ६ लाख ९० हजार ९०३ सय ६६ मध्य १४ हजार १६ जनाको अवस्था भने गम्भिर छ।