बेलायतमा मृत्यु हुने नेपालीको संख्या १८ पुग्यो


हरेकपल April 22, 2020

लण्डन । बेलायतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । आइतबार ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा मृत्यु भएपछि बेलायतमा मृत्यु हुने नेपालीको संख्या १८ पुगेको हो ।

हाल बेलायतको रेडिङमा बस्दै आएका गुरुङ पोखरा याङ्जाकोटका हुन् ।

रोयल बर्कशायर अस्पतालमा आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो । अस्पतालले परिवारलाई जानकारी गराएको थियो ।