मन्थली नजिकै बस दुर्घटना हुँदै ३९ घाईते


हरेकपल April 22, 2020

रामेछाप १० बैशाख । बुधबार विहान मन्थली नगरपालीका ६ को कुनौरी मोडमा बा २ ख ६८१८ नं बस पल्टिदा ३९ जना घाईते भएका छन् । घाईते मध्य ४६ बर्षिय ईन्दिरा पोखरेलको हात भाँचिएको छ भने अरु सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाईते ईन्दिरालाई मन्थलीको तामाकोशि अस्पताल सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौ पठाईएको छ भने अन्यको पनि सोहि अस्पताल मा उपचार भईरहेको र उनिहरु सवैको अवस्था सामान्य रहेको छ ।


लकडाउनमा फसेका सर्वसाधारणलाई लिएर मंगलबार राति राजधानी काठमाडौ बाट दोलखाको तामाकोशि गाउँपालीकाका लागि छुटेको यात्रु बाहक बस ब्रेक फेल कुनौरी मोडको सडक छेउमानै पल्टीएको थियो ।