चिनको उवान राज्यमा शुरू भएको कोरोना भाईरस (काेभिड-१९) ले ताण्डव देखाउदै थियो । हवाई मार्गहरू बन्द हुदै थिए । उनीहरूको सलामतीको कामना सहित म चिनले भाईरसलाई नियन्त्रणमा लिनेछ भन्ने कामना गरिरहे । तर मेरा कामनाहरू फगत अन्धविश्वास मात्र बने ।
भाईरस त झन झन जब्बर भएर विश्व भ्रमणमा निश्कियो । शक्तिशाली देश युरोप , कुनै बेलाको सुर्य अस्त नहुने देश बेलायत हुँदै विश्व हल्लाउने अमेरिकालाई समेत धावा बोल्दै आथ्थु आथ्थु पार्दै छ । विश्व भरका अरबौ मानिस घर भित्र बसेर आफ्नो मृत्युको प्रतीक्षा गरिरहेछन् भनौ या कुनै महत्त्वपूर्ण चुनाबको नतिजा सुन्दै छन् । यस्तै लाग्छ किंकर्तब्य विमुढ भएर मान्छेको मृत्युु को अंक हेर्दै गर्दा ।
सम्पन्न मुलुकहरूले हारमानि रहदा हाम्रोजस्तो वैदेशिक सहायता , ऋण र रेमिट्यान्समा आश्रित देशले के गर्न सक्छ र ? तर पनि हाम्रो भाग्य क्षिमेकिलाई छोेडेर कोरोना भाईरस युरोप तिर हानियो । यसले हामीलाई सजक र सचेत हुन प्रसस्त अवसर मिल्यो ! स्वास्थ्य सामाग्री खरिद प्रक्रिया देखि अन्य काम कारवाहि फितलो भए पनि सरकारले “लक डाउन “ गर्याे । यो जुन गुणस्तर हिन पिपिई भन्दा हजार गुणा राम्रो भयो ।
उद्धाेग ,धन्धा , कल कारखाना वित्तीय क्षेत्र सबै सबै ठप्प भए । जसरी घडीको सुई ब्यट्री सकिए पछि टक् रोकिन्छ , तेल सकिएर गुडिरहेको गाडि घ्याच्च रोकिन्छ त्यसरी नै एकाएक सय किलोमिटर प्रति घण्टाको गति रोकियो ।
बैंक बन्द भयो , हजारौं सहकारी बन्द भए । दिनको सय पचास जम्मा गर्ने बचत कर्ता बचत झिक्न नसक्दा के खाए हुन ? जो मेहनत गर्न मन पराउछ उ मागेर खान सक्दैनन् ती मेहनती हातहरू के गर्दै होलान् ? अनि करोडौको लगानी नि ? जो तिनै बचत कर्ताको पसिना हो ?
मन भत भत पोलिरहेको बेलामा ब्यवस्थापकको फोन आयो फलानो त मरेछ नि !“ अनि मेरो लामो श्वास पछि उताको कुरो सुरु भयो “उसले म्याडम अफिस बन्द छ कि खुल्ला ? मेरो श्रीमान मरेर अस्ति ऋणको किस्ता बुझाउन आउन सकिन ! भन्नु त म्याडम पैसा कहाँ लिएर आउ भनेकि थिईन मैले त बन्द खुले पछि लिएर आउनु भने ! ”
उनका कुरा सकिन नभ्याउदै मैले भने –“म जान्थे त लिन “ मैले त्यसो भनेपछि “छोड्नु उ बिरामी पनि छ र ईमानदार पनि ,पछि नै आउछिन । ” हो त । म आँफैलाई ढाडस दिन्छु र सम्झन्छु एक एक गरेर ती वेमानहरूलाई जो ऋण माग्न विवसताका पुन्डरी अनि इमानदारीताको खोल ओडेर आउछन् र फिर्ता गर्ने बेलामा अनेक वाहना देखाउछन् । तिनैका कारण कहिलेकाहीँ ईमानदारहरूमाथी शंका उत्तपन्न हुन्छ । उफ कति कठिन छ मान्छे मान्छेलाई एक एक गरेर कसि लगाउन ।
उ लोग्ने मरेर महिनाको पहिलो हप्ता बुझाउनु पर्ने ऋणको किस्ता बुझाउन ढिलो भएको सुनाई रहदा पोहर साल असोजमा हजुरवा मरेर ऋणको ब्याज तिर्न आउन नसकेको दरिद्र ऋणिलाई धिक्कार्न मन लाग्छ ।
यसैले एकातर्फ ईमानदार ऋणी छन जस्का ब्यापार व्यवसाय धारासाई बन्दै छन् भने अर्को तर्फ ती वेईमानहरू छन जस्कालागि कोरोना भाईरस बाहना बनाउने दह्रो तर्क हुनेछ ! सहकारीको सबैभन्दा ठुलो चुनौति नै यही हो ।
खातामा पैसा भएर पनि पैसा झिक्न नसकिने हुन सक्छ , हातमा पैसा हुनेले पनि किनेर खाने वस्तु नपाउन सक्छ ! उठाउनु पर्ने ऋण र फिर्ता गर्नु पर्ने निक्षेपको हिसाब गर्नु मात्र हाम्रो काम हुन सक्छ ।
देशभर दर्ता भएका चौतिस हजार सहकारी , तिनमा जम्मा भएको अरवौ रकम , जोखिममा रहेको ऋण र संकटमा रहेका ऋणीको बिषयमा मनन गर्न छोडेर विभागीय मन्त्री ( अभिभावक ) आयोग बनाउन थाल्नु भएको छ !
सवाल उठ्छ यस्मा छाता सस्थाहरूको भुमिका कस्तो रहला ?
क. पदमा बस्न होडवाजि चले जस्तै आफ्ना सदस्य संस्थाले व्योहोर्न पर्ने चुनौतिको समाधानका लागि पनि तछाँडमछाड गर्लान् त ?
ख. संवोधन र आसन ग्रहणमा अलिकति तलमाथि हुदा चित्त दुखाउनेहरू अहिले आउने विपत्तिमा सदस्य संस्थहरूको हात समाउन होडबजि गर्लान् के ?
ग. भवन निर्माण गर्न , उनीहरूले शुरु गरेका अनेकौं प्रोजेक्टहरू ( हाईड्रो , अस्पताल , सहकारी बैंक आदी आदी ) अघि बढाउन होस या छाता संस्थालाई दह्रो बनाउन सदस्य संस्थासँग सहयोगको अपिल गरिरहने ,अब अउने आर्थिक संकटका बेला संघहरूले सदस्य संस्थालाई हामी तपाईंहरूको पछाडि छौ भनेर ढाडस दिन सक्लान् त ?
घ. या छातासंस्थाहरू दिदीबहिनीले लगाउने शिरको फूल वा दाजुभाइको टोपि जस्तो सुन्दर मात्रै हुनेहोकि आड आधार र भरोषा पनि हुन सक्छन् सबै थोक टक्क रोकिएको बेला उनीहरूको परिक्षा बल्ल शुरुभएको छ ।
कुनै पनि भवितव्यं संकट बनेर मात्र पनि आउदैन सम्भावना पनि लिएर आउछ ! यो कोरोना भाईरसले न हामीलाई स्वबालम्वि बनाउन त आएको होईन ? यस्तो सोच्दा पनि मन सितल हुन्छ । रेमिट्यान्सले धानिएको अर्थतन्त्र वैदेशिक रोजगारीमा गएका लाखौं युवाहरू फिर्ता हुदै गर्दा धारासाही बन्दै गरेको प्रश्ट देखिदै छ । यस्तो अवश्थामा ती युवाहरूलाई सहकारीले काम दिन सक्यो भने सुनमा सुगन्ध हुन्छ ।
सोचौ त हामी कति पानी मा छौ र कति आभानो छौ ! नेतृत्व वर्गको होडवाजिले सबैको ध्यान सहकारी तिर तानियो ! स्वनियममा सञ्चालित हुने सहकारी संस्थाका एैन र नियामावली बनाउन कति समय लाग्यो ? कति गिजोलियो ? यसले साच्चै नै केही गर्न खोज्नेहरूकालागि सहकारी कसरी हाउगुजि बनाईयो ?
हजारौं हजार सहकारीलाई कमसेकम आफ्ना सदस्यहरूका आवश्यकता आँफै पूरा गर भनेको भए के बिग्रिन्थ्यो ? हामीले ठुला ठुला कुरा गर्याै हाईड्रो , सहकारी बैंक र अस्पतालहरू खोल्न , तडक भडक गर्न , ठुला भवन र सानदार कायर्लय बनाउन , सदस्य संस्थालाई वाध्य पार्याै तर त्यही अस्पतालमा चाहिने सानो मास्क र सेनेटाईजर समेत उत्पादन गर्ने तिर कहिल्यै सोचेनौ । साना साना कुरालाई व्यवस्था गरेर ठुला हावादारी कुरा गरेर ठुलो होईने रहेनछ भनेर अब हामीले सोचेनौ भने राम राम भन्नू बाहेक केही हुदैन ।
यसैले सहकारीलाई आफ्ना सदस्यको आवश्यकताको पहिचान गरि आवश्यक पर्ने उत्पादन आँफै गर्न प्रेरित गर्ने , तरकारी खेती , कौशी खेती , साबुन बनाउने , सेनिटाईजर , हार्पिक , सिलाई कटाई , कुटानि पिसानी , कागती खेती , बेकरी , जङ्गल , जडिबुटी , आन्तरिक र वाह्हय पर्यटन, ढुवानी सबै जस्ले जे गर्न सक्छ र पउच पुग्छ त्यो गर्न दिउ । जसरी कोरोना भाईरसलाई आफ्ना गाउँ टोलमा प्रवेश निसेध गरेर सरकारलाई एक घण्टामा निर्णय बदल्न वाध्य पार्याै त्यसरी नै अत्यावश्यक सामाग्री बाहेक बाहिरका हरेक चिजलाई प्रतिवन्ध लगाउ । युवाको अभावमा वन्जर बन्दै गएका गाउँ वेसिहरूलाई हराभरा बनाउ । झलल विजुली बत्ती पुर्याउ ।
तर उपत्यका , यस्का आवश्कता र चुनौति असाध्यै फरक छन् । सम्भावना र महत्वकाँक्षा पनि फरक छन् । सानो तिनो रकमले यिनको गर्जाे टर्दैन । ब्याजले जिविका चलाउने हरू पनि प्रसश्तै छन । त्रैमासिक ब्याज दिन अब कसरी सकिन्छ ? सोचनिय बिषय बनेको छ ।
युवालाई सहकारीमा आकर्षित गर्ने कुनै योजना बनाएनौ । अब ती वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई सके सम्म घर पायक पर्ने संस्थाले काम दिन सकौँ । प्रकृतिले हामीलाई अथाह साधन र स्रोत दिएको छ । कस्तुरीले आफ्नो नाभिमा विणा लिएर वास्ना आाएको ठाउँ खोज्दै हिँडे झै हामी खाडी तिर लाग्यौं । राजनीतिकज्ञहरूले युवाहरूलाई वैदेशिक रोजगारीका लागि उक्स्यौँ । अब ती युवालाई जडिबुटी र पर्यटकिय स्थलको सम्रक्षण र प्रवधन गर्न उत्प्रेरित गर्याै भने यो देश र सहकारी अनि वेराजगार सबैका लागि लाभदायक हुनेछ ।
क्रिया ( काम) गर्ने मानिस सधैं मालिक हुन्छ र प्रतिक्रिया दिने मान्छे नोकर हुन्छ भन्नेकुरा हामीले भुल्यौ ! आँफुले काम गर्न छोडेर अरूको चियो चर्चाे गर्न थाल्यौं ! नयाँ कुराको खोजि नगरी अरूले जे गर्न लागे त्यहीँ गर्न थाल्यौं यस्ले गर्दा जुनसुकै ठाँउमा उच्च तरलता र जोखिम व्यहोर्दै आयौ ! करोडौं अरबौंलाई छोडेर हजार रूपैँया चलाउने लाई निगमन गर्न सरकारले ल्याएको सम्पत्ति सुदृढीकरण एैनले सहकारीमा आतंकको सृजना गर्याै ! लगानीको हिसाब किताब सोध्नेलाई पाखा लगाउदै हिँड्यौ ! देश देख्यौं विदेश देख्यौं । मान माथी मान लियौ अब समयले काम गर्न प्रेरित गरेको छ यसको पालना गरौँ !
भरखरै त्रिसट्ठी औं सहकारी दिवस मनायौ । चितवनको बखान सहकारी होस या बेलायत को सहकारीका स्थपनाका इतिहास रटाई रयौ अब त्यहीँ समय दोहोरीदै छ ! हतास हुने होईन इतिहासलाई वर्तमानमा उतारौँ
जसरी दोस्रो विश्व युद्ध पछि जापान स्वबालम्वि भएको थियो त्यसरी नै हामीले हाम्रा सहकारी मार्फत हात हतियार विनाको तेस्रो विश्व युद्धबाट उत्पन्न हुदै गरेको आर्थिक संकटको समाधान गर्न एकजुट बनौं ।