सनसिटी अपार्टमेन्टमा बस्ने आमा–छोराले जिते कोरोना


हरेकपल April 23, 2020

काठमाडौं, ११ वैशाख । कोरोना भाइरस संक्रमणका कारण पाटन अस्पताल भर्ना भएका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने आमा–छोरा निको भएर बिहीबार घर फर्केका छन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिहीबार पत्रकार सम्मेलन गरेर पेप्सीकोलाका ५८ वर्षीय छोरा र उनकी ८१ वर्षीया आमा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

उनीहरु गत ५ चैतमा बेलायतबाट नेपाल आएका थिए । आमा–छोरासहित ५२ वर्षीया बुहारीमा नेपाल आएको २८ दिनपछि १ वैशाखमा र्यापिड टेष्टमा एन्टिबडी पोजेटिभ देखिएको थियो ।

लगत्तै उनीहरुलाई पाटन अस्पताल भर्ना गरिएको थियो । बुहारीमा कोरोना संक्रमण नदेखिएपछि उनी पहिले नै घर फर्केकी थिइन् ।