आज वैशाख शुक्लप्रतिपदा, पञ्चाङ्गसहित हेर्नुहोस् २०७७ वैशाख १२ गते


हरेकपल April 24, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको १२ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको २४ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको प्रतिपदा तिथि बिहान ९।२४ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । भरणी नक्षत्र बेलुका ६।९ बजेसम्म रहनेछन् । यसैगरी आज आयुष्मान् योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ५।३३ मा छ भने सूर्यास्त बेलुका ६।३३ बजे हुनेछ । चन्द्रम आज मेष राशिमा रहेका छन् ।

आजबाट वैशाख शुक्लपषको आरम्भ भएको छ । आजबाट चन्द्रमाको उज्यालोभाग क्रमशः बढ्दै जाने गर्दछ ।