नालामा डुबेर तीन बालककोे मृत्यु


हरेकपल April 24, 2020

कोहलपुर, १२ वैशाख । बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ । बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
मृत्यु हुनेमा पितमारी बस्ने १२ वर्षीय नरेश कुँवर र १२ नवीन परियार तथा ११ वर्षीय अनित रावत रहेको बताइएको छ । प्रहरीका अनुसार शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।