प्रधानमन्त्री ओली लोकतन्त्र हत्या गर्न उद्यत रहेको पौडेलको आरोप


हरेकपल April 24, 2020

काठमाडौं,१२ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले शुक्रबार ट्विट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीमा पदमा बसिरहने नैतिक आधार समाप्त भएको बताएका छन् । पौडेलले ओली लोकतन्त्रको हत्या गर्न उद्यत रहेको आरोप लगाएका छन् । 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पौडेलले सांसद अपहरण गर्ने मानवताविरोधी अपराधमा जोडिएपछि ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै नैतिक आधार नरहेको टिप्पणी गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । 

‘बाध्य भएर अध्यादेश फिर्ता गर्नु कुनै बहादुरी हैन । जनताका अघि उभिएर जवाफ दिनुस् प्रधानमन्त्रीज्यू, सांसद अपहरण गर्ने मानवताविरोधी अपराध किन गर्नुभयो ?, नेता पौडेलले लेखेका छन्, ‘तपाईंका हात लोकतन्त्रको हत्या गर्न उद्यत छन्, प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै नैतिकता अब बाँकी छैन, अविलम्ब राजीनामा दिनुस् ।’