आज शनिवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् २०७७ वैशाख १३ गते


हरेकपल April 25, 2020


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको १३ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको २५ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको द्वितीया तिथि बिहान १०।४५ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । कृत्तिका नक्षत्र बेलुका ७।५८ बजेसम्म रहनेछन् । यसैगरी आज सौभाग्य योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ५।३२ मा छ भने सूर्यास्त बेलुका ६।३४ बजे हुनेछ । चन्द्रम आज वृष राशिमा रहेका छन् ।


आज शनिवार शिवजीको उपासनाका साथै पिपलको दर्शन एवं पूजन लाभदायी रहनेछ । यसैगरी शनिजन्य दोष निवारणका लागि ॐ शं शनिश्चराय नमः भन्ने मन्त्रको जप पनि शुभ फलदायी रहनेछ ।