कोरोना अपडेट : अमेरिकामा मृतकको संख्या ५४ हजार नाघ्यो, विश्वमा २९ लाख संक्रमित


हरेकपल April 26, 2020

एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघेको छ। २९ लाख बढीमा यसको संक्रमण पुष्टि भइसकेको छ। वर्ल्डोमिटर्सले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार शनिबारसम्म विश्वमा कोरोना भाइरसका कारण २ लाख ३ हजार २ सय ५५ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वका २९ लाख २० हजार ७ सय ३८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ। संक्रमितमध्ये ८ लाख ३६ हजार ६ सय ३६ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्। हाल विश्वमा १८ लाख ७८ हजार कोरोना भाइरस संक्रमित उपचारत छन्। उपचारतमध्ये ५८ हजार १ सय ७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ। त्यस्तै १८ लाख २० हजारको अवस्था सामान्य छ।

हालसम्म कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित र मर्नेको संख्या अमेरिकामा रहेको छ। शनिबारसम्म अमेरिकामा ९ लाख ६० हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ, जसमध्ये ५४ हजार २ सय ५६ जनाको मृत्यु भइसकेको छ। हिजो मात्रै २ हजार भन्दा बढीको ज्यान गएको छ।