साँझ ५ बजेका लागि सर्यो मन्त्रिपरिषद बैठक


हरेकपल April 26, 2020

काठमाडौं, १४ वैशाख । लकडाउनका बारेमा निर्णय गर्नका लागि आइतबार दिउँसो २ बजेका लागि आह्वान गरिएको मन्त्रिपरिषद्को बैठक साँझ ५ बजेपछि बस्ने भएको छ ।

यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि सोमबार सकिने भएपछि मंगलबारदेखि के गर्ने भन्नेबारे निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले शनिबार लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो । लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सफल रहेको कार्यदलको निष्कर्ष थियो ।