श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको १५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको २७ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको चतुर्थी तिथि बिहान १२।४ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । मृगशिरा नक्षत्र राति १०।१० बजेसम्म रहनेछन् । यसैगरी आज अतिगण्ड योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ५।३० मा छ भने सूर्यास्त बेलुका ६।३५ बजे हुनेछ । चन्द्रम आज वृष राशिमा रहेका छन् ।
आज सोमवार शिवजीको उपासनाका साथै सेता वस्तुको प्रयोग लाभदायी रहनेछ । यसैगरी चन्द्रजन्य दोष निवारणका निम्ति ॐ सों सोमाय नमः भन्ने मन्त्रको जप पनि लाभदायी रहनेछ ।