अमेरिकन आइडल दिवेशले गरे भोटको अपिल


हरेकपल April 27, 2020

काठमाडौं । अमेरिकन आइडलमा धमाका मच्चाइरहेका नेपाली युवक दिवेश पोख्रेल (अर्थर गन)ले भोटको अपिल गरेका छन् । आइतबारको प्रस्तुतिसँगै विश्वप्रख्यात गायन रियालिटी सोमा भोटिङ सुरु भएको छ ।

एसएमएस, अमेरिकन आइडलको वेभसाइट र अमेरिकन आइडलको एप डाउनलोड गरेर भोट गर्न सकिने उनले जनाएका छन् । तीनवटा माध्यमबाट एकजनाले १०/१० पटक गरेर ३० भोट गर्न सकिने दिवेशले बताएका छन् । आफ्नो सांगीतिक यात्रामा सहयोग गरेकोमा आभार व्यक्त गर्दै उनले भोट गर्न नबिर्सिनु आग्रह गरेका छन् ।

एलिमिनेसन राउन्डबाट अघि बढ्न आफूलाई भोटको आवश्यकता रहेको दिवेशले सामाजिक सञ्जाल इन्स्टाग्राममा भनेका छन् । भोटले नै २० जना प्रतिस्पर्धीमा शीर्ष १० मा पुर्‍याउने छ ।