कोरोना भाईरस र लकडाउन


हरेकपल April 27, 2020

कोरोना एक प्रकारको भाइरस हो, यसको कारणले कोविड ˗१९ रोग लाग्दछ । यो सबै भन्दा पहिला चीनमा देखिएको भाइरस हो । यस भाइरसले चीन, इटली, अमेरिका जस्ता ठूला ठूला देशहरुलाई पनि क्षति पु˗याएको छ ।

हाल सम्ममा सबै भन्दा संक्रमित देश अमेरिका हो । सबै बिकसित देशहरुमा धेरै मानिसहरुको मृत्यु भै सकेको छ । कोरोना भाइरस इ.सं. २०१९ मा देखिएको हो, त्यसैले यो भाइरस बाट लाग्ने रोगलाई कोविड˗१९ भनिन्छ । नेपालमा चाँहि यो भाइरस आजको मिति सम्ममा ६ जनालाई मात्रै लागेको छ र अरु बढ्ने अवस्थामा छ । यस भाइरसको औषधि अहिले सम्म पत्ता लगाउन सकिएको छैन अर्थात हाल सम्म भेट्टाउन सकिएको छैन ।

अहिले यसको औषधि भनेकै घर भित्र बस्ने, बाहिर ननिस्कने, मनतातो पानी धेरै पिउने र हरिया सागसब्जी खानु नै हो । त्यसैले यस रोगको रोकथामको लागि सरकारले देशभरी लक्डाउन गरेको छ, तैपनि मानिसहरु सामान किन्ने बहाना पार्दै बाटोमा हिड्दैछन् । मानिसहरुले यस्तो महामारी आएको भन्ने थाहा पाए पनि लक्डाउन आफ्नै लागि हो भन्ने बुझ्दा बुझ्द पनिै बाटोमा अझै हिड्दैछन् । अत्यावश्यक काम नपर्दा, बाटोमा हिड्ने मानिसहरुलाई प्रहरीले कारवाही समेत गरिरहेको छ । कारोना भाइरसबाट हामीले केहि पाठ पनि सिक्दै छौं, धेरैजसो मानिसहरुको मुखमा हात लगाउने र नङ्ग टोक्ने बानी हुन्छ, त्यसैले हामीले हात धुन सिक्यौ, धेरै पानी पिउन सिक्यौं र हरियो सागसब्जी प्रशस्त खानुपर्छ भन्ने सिक्यौं र सधैं सफा रहनु पर्छ भन्ने कुरा राम्रो संग सिक्यौं ।


कोरोना भाइरसको कारणले लक्डाउन हुँदा धेरैजसो मानिसहरु बाटोमा हिडेका छैनन् त्यसैले हाम्रो वातावरण सफा भएको छ । कोरोना भाइरसको कारणले कोविड˗१९ रोग लाग्दछ । यो भाइरस मानिसको शरिरमा पसे पछी १४ भित्रमा यसको लक्षण देखिन्छ । टाउको दुख्ने, १००.४ डिग्री फरेनहाईट भन्दा बढी ज्वरो आउने, रुघा र सुख्खा खोकी लाग्ने यस रोगको मुख्य लक्षणहरु हुन् । कोरोना भाइरसको कारणले गर्दा हाम्रो घर वरिपरि पनि लक्डाउन भएको छ, त्यसैले हामीलाई केही कुरा राम्रो र केही कुरा नराम्रो भएको छ । लक्डाउनको कारणले हामी छुट्टीको बेलामा पनि बाहिर निस्कनै पाएका छैनौं, स्कूल जान परेको पनि छैन र गृहकार्य पनि गर्न परेको छैन । घर बसेरै खेल्न र टी.भी. हेर्न पाएका छौं,र परिवारका सबैजना एकै ठाउँमा बस्न पाएका छौं र सबै परिवार एकै ठाउँमा हुन पाँउदा रमाइलो पनि भएको छ । लक्डाउन हुन्छ भन्ने समाचार सुने पछि हामी खाद्दान्न र अन्य सामानहरु किनेर आयौं त्यसैले पनि हामी बाहिर निस्किन परेको छैन । घर बसेरै थरी थरीका मीठा मीठा खानेकुरा खान पाएका छौं । कोरोना भाइरसको कारणले हामीलाई डर पनि लागेको छ । लक्डाउनले गर्दा हामी घर भित्रै बस्नु परेको हुँदा हामीले परिवारमा नजिक हुन पाएका छौं । परिवार संग नजिकिदा हामीलाई खुशी पनि लागेको छ ।

कक्षा ५,
सौरदिप बोर्डिङ्ग स्कूल, बनस्थली, काठमाडाैं