काठमाडौ, १५ वैशाख । नेपालमा हालसम्म ५३ हजार ५३४ जनाको कोरोना भाइरस परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४३ हजार ६३ जनाको आरडिटी परीक्षण गरिएको छ भने १० हजार ४७१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण भएको छ ।
काठमाडौं उपत्यकामा ८ जना र उपत्यका बाहिर ९८ जनाको उपचार भइरहेकोे छ । देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा अहिले १०६ जना रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट कोरोना भाइरस परीक्षणका सुरु गरिएको छ, योसँगै नेपालमा पिसिआर मेसिनबाट १६ स्थानबाट परीक्षण थालनी भएको छ ।
अहिलेसम्म देशैभरका क्वारेन्टाइनहरूमा २० हजार १९५ जना रहेका छन् । हालसम्म संक्रमितको संख्या ५२ रहेको छ । जसमा १६ जना निको भएर घर गएका मन्त्रालयले जनाएको छ ।
अस्पतालमा उपचाररत संक्रमित ३६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र गत २४ घण्टामा मन्त्रालयको मोबाइल एपमा ८ जना रेड जोनमा परेको मन्त्रालयले जनाएको छ ।