कांग्रेस नेता धमलाको निधन


हरेकपल April 27, 2020

इटहरि, १५ वैशाख । ओखलढुङ्गा जिल्लाको तत्कालीन कुन्तादेवी गाविसका नेपाली काङ्ग्रेसको सभापति एवम् ०३०/०३१ सालको आन्दोलन र ०३६ सालको जनमत सङ्ग्रहमा समेत सक्रिय भवनाथ धमलाको निधन भएको छ । मृगौला रोगबाट पिडीत ६५ वर्षीय धमलाको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको हो ।

उहाँको पार्थिव शरीरमा धर्मपत्नी दुर्गा दाहाल धमलाले मुखाग्नि दिनुभयो । एकमात्र छोरा विदेशमा र चार छोरीहरु पनि आ–आफ्नै घरमा रहेको र लकडाउनको अवस्था भएको हुनाले धर्मपत्नी दुर्गालेनै सम्पूर्ण क्रियाकर्म गर्ने हुनुभएको पारिवारीक स्रोतले बताएको छ ।

उहाँलाई इटहरि नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम संस्कार गरिएको थियो । श्रीमती दुर्गा इटहरि नगरपालिकाको आँपगाछी स्थित आफ्नै घरमा काजक्रियामा बस्नु भएको छ । दिवङ्गत धमलाप्रती श्रद्धाञ्जली र परिवारजनमा समवेदना ।