सुख कसरी प्राप्त हुन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल April 27, 2020

एको धर्मः परम श्रेयः क्षमैका शान्तिरुत्तमा ।
विद्वैका परमा तृप्तिरहिंसैका सुखावहा ।।
–विदुर नीति

धर्म नै परं कल्यणकारक छ । एक क्षमा शान्तिको सर्वश्रेष्ठ उपाय हो । विद्या अर्थात् ज्ञान मात्रै एउटा यस्तो चिज हो जसले परं सन्तोष दिन्छ । सुख दिने एक मात्र तत्त्व अहिंसा हो ।


धर्म सबैका निम्ति परं कल्याणकारी हुन्छ । धर्म आफ्नो पद्धति हो । धारण गर्न योग्य कुरा हो । यसैगरी संसारमा शान्ति प्रदान गर्ने एकमात्र उपाय क्षमा हो । विगार गर्नेलाई विगार भएको मान्छेले जतिखेर क्षमा दिन्छ त्यतिवेला उसले शान्तिको महशुस गर्दछ । ज्ञान नभए शान्ति पनि असम्भव छ । सच्चा ज्ञानको अभावमा नै अशान्ति फैलिरहेको हो । जीवनको वास्तविकता बोध भएका महात्मा कहिल्यै अशान्त हुँदैनन् । यसैगरी आफुले सुख चाहने हो भने हिंसाको प्रवृत्तिलाई त्याग्न सक्नु पर्दछ ।