कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ११ हजार नाघ्यो, ९ लाख १९ हजार संक्रमित निको


हरेकपल April 28, 2020

विश्वभरि कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको संख्या ३० लाख नाघेको छ । २४ घण्टामा ६७ हजार थपिएसँगै संक्रमितको कुल संख्या ३० लाख नाघेको हो ।

२१३ देशमा फैलिएकाे कोरोनाका संक्रमित सबैभन्दा बढी अमेरिकामा छन् । त्यहाँ मंगलबार बिहानको तथ्याङ्क हेर्ने हो भने संक्रमितको संख्या १० लाख ९ हजार पुगेको छ ।

त्यस्तै, स्पेनमा २ लाख २९ हजार, इटालीमा १ लाख ९९ हजार, फ्रान्समा १ लाख ६५ हजार, जर्मनीमा १ लाख ५८ हजार, बेलायतमा १ लाख ५७ हजार, टर्कीमा १ लाख १२ हजार व्यक्ति कोरोनाबाट प्रभावित भइसकेका छन् । बाँकी देशमा भने संक्रमितको संख्या १ लाख भन्दा कम रहेको छ ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोनाबाट विश्वभर ९ लाख १९ हजार निको हुँदा २ लाख ११ हजार संक्रमितले ज्यान गुमाएका छन् ।

नेपालमा हालसम्म ५२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा नयाँ संक्रमित थपिएका छैनन् ।