नेपाल फकाउँदै ओली


हरेकपल April 28, 2020

काठमाडौं। प्रधानमन्त्री केपी ओली स्वयंले सिर्जना गरेको समस्याको समाधान निकाल्न नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग कुनै न कुनै सम्झौता गर्नुपर्ने भएको छ। वर्तमान अवस्थालाई सुरक्षित अवतरणका लागि पूर्वप्रधानमन्त्री नेपालसँग सहकार्य र सम्झौता आवश्यक रहेको हो। केही समययता तिक्ततापूर्ण सम्बन्ध रहे पनि समस्या समाधान गर्न सत्तारुढ दलभित्र यस्तो अवस्था निम्तिएको हो।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग चर्किएको अन्तर्विरोधले ओलीलाई रक्षात्मक स्थितिमा पुर्‍याएको छ। उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजानुपर्ने पार्टी निर्णय कार्यान्वयन गर्न बेवास्तापछि ओली आफ्नै दलभित्र असजिलोमा पर्दै आएका थिए। पार्टीलाई छलेर अध्यादेश ल्याउनेसम्मका काम गरेपछि अन्य नेता पनि उनको कार्यशैलीविरुद्ध दाहालसँगै उभिन पुगे। समस्या समाधान गर्न प्रधानमन्त्री ओली अहिले प्रयासरत छन्।

उनले यति बेला वरिष्ठ नेता नेपाल पक्षसँग हात मिलाउन चाहेका छन्। त्यसकै लागि उनी आफैं र आपूmनिकट नेतामार्फत नेपाललाई फकाउने प्रयास भइरहेको छ। उनले सोमबार पनि नेपाललाई बालुवाटार बोलाएर झन्डै डेढ घण्टा छलफल गरे। छलफलको निष्कर्ष थियो— मिलेर जाऔं। ओलीले त्यसलगत्तै दुवै पक्षका दोस्रो तहका नेताको सामूहिक छलफल गराएर भए पनि सहमतिको खोजी गरेका थिए।

ओली–नेपाल भेटपछि कोटेश्वरस्थित नेपाल निवासछेउमै रहेको नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघको कार्यालयमा दुवै पक्षका नेताबीच छलफल चलेको थियो। नेपालसहित उनी पक्षधर स्थायी समिति सदस्य भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र ओली पक्षका उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल र परराष्ट्रमन्त्री रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीबीच झन्डै चार घण्टा छलफल त्यहाँ भएको थियो।

मंगलबार सचिवालय बैठक बोलाउने, त्यही बैठकबाट स्थायी समिति बैठकको टुंगो लगाएर जानेबाहेक अन्य विषयमा समझदारी हुन नसकेको एक सहभागीले बताए। एकले अर्को पक्षलाई कति गलाउन सकिन्छ भन्दै नाडी छाम्ने प्रयासका रूपमा यो बैठकलाई नेतृत्वले लिए।

‘कुनै ठोस सहमति जुट्न सकेन। उहाँहरूको ठोस प्रस्ताव केही पनि थिएन। खाली मिलेर जानुपर्‍यो भन्ने मात्र कुरा आयो। हामीले पनि मिलेरै जानुपर्छ, त्यसमा कुनै विमति छैन भन्यौं। मतभिन्नता छैन भने अब जाने कसरी रु तपाईंहरूले भन्नुपर्‍यो, प्रधानमन्त्रीले भन्नुपर्‍यो भन्यौं’, स्थायी समिति सदस्य पन्तले अन्नपूर्णसँग भने, ‘अहिलेको जटिलता प्रधानमन्त्रीबाट सिर्जिएको हो। त्यसैले यो जटिलतामा निकास दिने काममा प्रधानमन्त्री तयार हुनुपर्छ। त्यसका लागि छिटो सचिवालय बैठक र स्थायी समिति बैठक राख्नुपर्ने कुरा हामीले राख्यौं। ’

नेपाल पक्षले बैठकको माग गर्नेबित्तिकै ओली पक्षका नेताले मंगलबार सचिवालय बैठक बोलाउने तय भएको जानकारी दिएका थिए। ‘सचिवालय बैठक मंगलबार बस्ने तय भएको छ, बैठक बस्छ। त्यसपछि अरू बैठकहरूका पनि कुरा होलान्, अहिले मिलेर जाने गरी सोचौं’, बैठकमा उपप्रधानमन्त्री पोखरेलले भूमिका बाँध्दै बताएको जानकारी पनि ती सहभागीले दिए। नेता नेपालले भने बैठकमा आपूm सधैं पार्टीमा विधि र पद्धतिको कुरा गर्दै प्रश्न उठाइरहेको बताएका थिए। उनले कुरा सुने पनि आफ्नो राय राखेनन्।

नेपाल पक्ष विवाद मिलाउने विषयमा ठोस प्रस्तावको अपेक्षामा थियो। ओली पक्षका नेताले अनौपचारिक कुराकानीका क्रममा बिग्रिएको कहाँ हो त्यहीं सच्याउन सकिने, केन्द्रमा मन्त्रीहरू हेरफेर गरेर समान सहभागिता मिलाउन सकिनेजस्ता कुरा राखेका थिए। मुख्यमन्त्रीको विषयमा पनि छलफल गरिने तर प्रधानमन्त्रीलाई अप्ठ्यारो पारेर नभई सहयोग गर्दै मिलेर जानुपर्ने प्रस्ताव ओली पक्षका नेताले राखेका थिए। उक्त प्रस्तावलाई नेपाल पक्षले अमूर्त भन्दै छलफल नै गर्न चाहेन।

‘उहाँहरू ९ओली पक्ष०ले मुख्यमन्त्री, मन्त्रीहरू केही परिवर्तन गर्न सकिन्छ कि भन्ने कुराहरू राख्नुभएको थियो। त्यो कुरामा हामीले चासो दिएनौं’, नेता पन्तले भने, ‘मुख्यमन्त्री, मन्त्रीहरूको कुरा होइन, मुख्य कुरा पार्टी सञ्चालन विधिअनुसार गर्ने कि नगर्ने रु पार्टी र सरकार जसरी सञ्चालन भइरहेको छ, पार्टीको घोषित नीतिका आधारमा चलिरहेको छ त रु कम्युनिस्ट पार्टीजसरी चलिरहेको छ त रु मूल कुरा मूल्य सिद्धान्तको राजनीतिलाई स्थापित गर्ने हो। जुन काम पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट भएन। यसको निकास पनि प्रधानमन्त्री स्वयंले दिनुपर्छ। ’

नेपाल पक्षले विवाद समाधान गर्न। एक व्यक्ति ः एक जिम्मेवारीको नीतिअनुसार माथिदेखि तलैसम्म जिम्मेवारी हेरफेरका लागि प्याकेजमै सहमति हुनुपर्ने अडान लिएको छ। उनीहरूले त्यसमा तयार भए मात्र सहमतिमा जान सकिने अनौपचारिक छलफलका क्रममा राखेका थिए। नेपालनिकट एक नेताले भने, ‘त्यो भनेको ओलीले प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक पद नेता नेपाललाई छाड्नुपर्ने, पार्टीका सबै निकायमा समान सहभागिताको व्यवस्था मिलाउनुपर्ने, मुख्यमन्त्रीहरू समान रूपमा मिलाउनुपर्नेलगायत छन्। ’

ओली पक्षबाट प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक प्रस्ताव आए मात्र नेपाल पक्ष ती विषयमा छलफल गर्न सक्ने धारणा राखिए पनि सोमबारको छलफलमा यस्तो कुनै प्रस्ताव नगएको भनिएको छ। अनौपचारिक छलफल मात्र भएको र मंगलबार सचिवालय बैठक बस्ने उपप्रधानमन्त्री पोखरेलले बताए। छलफलपछि ओली पक्षका नेताहरूले सञ्चारमाध्यमलाई थप प्रतिक्रिया दिएनन्। अन्नपूर्ण पोष्टमा खबर छ ।