नेकपा सचिवालय बैठक आज


हरेकपल April 28, 2020

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक आज बस्दैट । सचिवालय सदस्य झलनाथ खनालका अनुसार सोमबार शीर्ष नेताहरूको बीचमा भएको छलफलबमोजिम सचिवालय र स्थायी कमिटीका बैठक तत्कालै बोलाउने सहमति भएको छ ।

खुमलटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा आफूले पार्टी तथा सरकारलाई चुस्त गतिमा सञ्चालन गर्न पार्टी बैठक अनिवार्य बोलाउनुपर्ने सुझाव दिएको भन्दै उहाँले मङ्गलबारका लागि सचिवालयको बैठक बोलाइएको जानकारी दिए ।

सोमबार नै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको थियो । त्यसपछि नेता नेपालको निवास कोटेश्वरमा पनि शीर्ष नेताहरूको बीचमा छलफल भएको थियो ।

सो छलफलमा नेता नेपालसहित सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, स्थायी समिति सदस्य एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेताहरू भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डेलगायतको उपस्थिति थियो । त्यसैगरी, सोमबार नै नेकपाका अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य झलनाथ खनालबीच पनि खुमलटारमा छलफल भएको थियो ।