अर्थतन्त्रमा परेको प्रभावको छलफल गर्न कांग्रेसले डाक्यो अर्थविदलाई


हरेकपल April 28, 2020

काठमाडौं–नेपाली कांग्रेसले पार्टी निकटका अर्थविदहरुकोे बैठक डाकेको छ। कोरोना भाइरस पछिको अर्थतन्त्रका विषयमा छलफल गर्न विषय विज्ञ व्यक्तिहरुलाई डाकिएको बताइएको छ। कोरोना संक्रमणले अर्थतन्त्रमा पारेका प्रभाव बारे परामर्श लिन अर्थविदहरुसँग कांग्रेसले छलफल गर्ने भएको हो।

बैठकमा पूर्व अर्थमन्त्रीहरुलाई समेत डाकिएको छ। बैठकका लागि योजना आयोगका पूर्व उपाध्यक्षहरु डा शंकर शर्मा, डा स्वर्णीम वाग्ले, डा गोविन्द पोखरेल ,जगदिशचन्द्र पोखरेल लगायतलाई बोलाइएको छ।

कोरोना संकटपछिका अथतन्त्रको बाटो र वर्तमान सरकारको लिनुपर्ने रणनीति तथा कार्यनीतिका बारेमा छलफल हुने सह महामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ।