प्रदेश नं १ मा ३१ सङ्क्रमित


हरेकपल April 28, 2020

विराटनगर, १६ वैशाख। प्रदेश नं।१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार द्रूत परीक्षण ९आरडिटी० बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण ९पिसीआर० विधिबाट ९८१ जनाको नमूना परीक्षण भएको छ ।

्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने दुई हजार ९२ जना क्वारेन्टाइनमा छन् । प्रदेश सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा रु। २८ करोड ८२ लाख ९७ हजार ५४ जम्मा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।