आज गंगासप्तमी, गंगाजीको महिमासहित हेर्नुहोस् २०७७ वैशाख १७ गते


हरेकपल April 28, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको १७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको २९ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको षष्ठी तिथि बिहान ११।५७ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पुनर्वसु नक्षत्र राति १०।२५ बजेसम्म रहनेछन् । यसैगरी आज धृति योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ५।२८ मा छ भने सूर्यास्त बेलुका ६।३६ बजे हुनेछ । चन्द्रमा आज मिथुन राशिमा रहेका छन् ।


आज गंगासप्तमी तिथि हो । आजेक दिन भगिरी गंगाको प्रादुर्भाव भएको हो । गौतम ऋषिको श्रापबाट भष्म भएका आफ्ना पितृको मुक्ति केवल गंगाको जलले मात्र पावन बनाउनसक्ने ऋषिआज्ञापछि राजा अंशुमान गंगाजीलाई पृथ्वमिा ल्याउन अथक प्रयत्न गर्दछन् । उनको जीवनकालको प्रयास पनि सफल हुन सकेन । यसपछि राजा दिलिपले पनि सोही तपस्या गरे र पनि गंगाजी प्रकट हुन सक्नुभएन । यसपछि राजा भगिरथले अथक तपस्यापश्चात् गंगाजी प्रसन्न भई पृथ्वीमा प्रकट हुने तर आफ्नो वेग शिवजीवाहेक कसैले थाम्न नसक्ने भएकाले शिवजी उपासना गर्न आग्रह गर्नुहुन्छ । यसपछि राजा भगिरथले शिवजीलाई प्रसन्न बनाई शिवजटामा धारण गराएर हिमालयबाट प्रवाहित गराउनुहुन्छ । सो पश्चात् आफ्नो पितृको देहावसान भएका स्थान हुँदै राजा सगरले गंगालाई प्रवाहित गरेका कथा पुरणमा वर्णन पाइन्छ ।


गंगाजील सक्षात् शिवजीको शिरवाट प्रवाहित हुनुभएकी परं पवित्र हुनुहुनछ । गंगगाको स्मरण मात्रले पनि पाप नष्ट हुन्छन् भन्ने पुराणमा वर्णन पाइन्छ । यिनै भगिरथी गंगा प्रादुर्भाव भई पृथ्वीलाई पावन बनाएको दिन गंगासप्तमी हो ।