अर्धज्ञान किन कठिन मानिन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल April 28, 2020

अज्ञः सुखमाराध्यः सुखतरमाराध्यते विशेषज्ञः ।
ज्ञानलवदुर्विदग्धं ब्रह्मापि नरं न रञ्जयति ।।
– भर्तृहरि, नीतिशतकम्

एक मूर्ख व्यक्तिलाई संझाउन जति गाह्रो हुन्छ त्यो भन्दा बढी एक बुद्धिमान् व्यक्तिलाई संझाउन गाह्रो पर्छ । अधुरो ज्ञानले भरिएको व्यक्तिलाई ब्रहमाजीले पनि संझाउन सक्दैनन् । किनकि अधुरो ज्ञान भएको मान्छे घमण्डी र तर्कप्रति अन्धो हुन्छ ।


‘अल्पज्ञानी भयंकरी’ भने झै अधुरो ज्ञान पाएको मान्छेको चित्त बुझाउन निकै गाह्रो हुन्छ । कि त नबुझेकालाई बुझाउन सकिन्छ कित पारङ्गत व्यक्तिलाई सजिलै बोध गराउन सकिन्छ । तर आधा आधी बुझेका व्यक्तिलाई संझाउन स्वयं ब्रहमाजीले त सक्दैनन् । आधागाग्रो पानी छल्किन्छ भनेजस्तै सधैँ छल्कि नै रहन्छ स्थिर हुन सक्दैन । त्यसैले ज्ञान लिँदा पूर्ण लिनुपर्छ भन्ने भर्तृहरिको नीति वचन मननीय छ ।