नेकपा सचिवालय बैठक आज बेलुकी ५ बजे बस्ने


हरेकपल April 29, 2020

काठमाडौं । पार्टीमा आन्तरिक विवाद बढ्दै गएपछि बस्न नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचविालय बैठक बुधबार बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) बेलुकी ५ बजे सचिवालय बैठक बस्ने तय भएको नेकपा वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

नेकपा अध्यक्षद्वयको छलफलपछि सचिवालय सदस्यको परामर्समा बेलुकी ५ बजे नेकपा सचिवालय बैठक बस्न लागेको हो । सचिवालय बैठकमा अध्यादेशपछि देखिएको विवादका विषयमा छलफल हुने भएको छ ।