बहराइनमा एकैदिन ७७ नेपालीमा कोराना पुष्टि


हरेकपल April 29, 2020

काठमाडौं। बहराइनमा एकैदिन थप ७७ नेपाली कोरानाबाट संक्रमित भएका छन् ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार ४ कम्पनीमा कार्यरत गरी एकै दिन ७७ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । एउटा सुपरमार्केट र ३ विभिन्न कम्पनीमा कार्यरत नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बताए ।

योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १ सय २६ पुगेको छ।

यसअघि बहराइनमा ४९ नेपाली श्रमिकमा कोरोना संक्रमण पुष्टि भइसकेको थियो ।