बुधबार तीनजनामा कोरोनाभाइरस संक्रमण, संक्रमितको संख्या ५७


हरेकपल April 29, 2020

काठमाडौं, १७ वैशाख । नेपालमा बुधबार एकै दिन तीनजनामा कोरोनाभाइरस संक्रमण देखिएपछि संक्रमितको संख्या ५७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुईजना र वीरगन्जका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु तीनैजना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए ।

संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदै छ ।