अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य : महरा


हरेकपल April 29, 2020

काठमाडौं, १७ वैशाख । पूर्वसभामुख कृष्णबहादुर महराले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले जनता निराश भएको बताएका छन् । यौनदुराचारको आरोपपछि राजीनामा गरेका उनले सो काण्डपछि पहिलोपटक नेकपाबारे बोलेका हुन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै महराले कोरोनाका कारण मुलुक आक्रान्त बनेका बेला दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनु राम्रो नभएको बताएका छन् ।

महामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०ले अहिले मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको उलेख गर्दै उनले अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको बताएका छन् ।

विज्ञप्तिमा उनले लेखेका छन्– हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरसविरुद्ध संघर्ष गर्ने बेला हो, मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०भित्र देखिएको विवादले आमजनता निरास बनेका छन् ।

उनले दलहरूबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडि बढ्न अपिल गरेदै यस्तो जटिल अवस्थामा दलहरूबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनु राम्रो नभएको बताएका छन् ।