आज बिहीवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् २०७७ वैशाख १८ गते


हरेकपल April 29, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको १८ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको ३० तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको सप्तमी तिथि बिहान ११।५७ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । तिष्य नक्षत्र राति ९।५३ बजेसम्म रहनेछन् । यसैगरी आज शूल योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।२७ मा छ भने सूर्यास्त बेलुका ६।३६ बजे हुनेछ । चन्द्रमा आज कर्कट राशिमा रहेका छन् ।


आज बिहीवार दुर्गाभगवतीको उपासनाका साथै भगवतीको स्तोत्रपाठ आज लाभदायी रहनेछ । यसैगरी आज पहेला वस्तुको प्रयोग पनि शुभ रहनेछ ।