‘मेरो पहिलो सृजना मेरो सृष्टि’


हरेकपल April 30, 2020

अस्पतालकै कम्वलले मुखदेखि खुट्टासम्म गर्लम्मै ढाकेर सुतेको छु । नर्सहरूकाे वाेहरी दाेहरी बाक्लिएकाे छ । अया अया ! मरे मरे ! जस्ता अलाप विलापले त्रसित बनाएको छ ।
कति कठिन छ सृजना गर्न । मृत्युुसँग पैठेजाेरी खेल्दैछन् सर्जकहरू ! यहाँको क्रन्दनले नर्क भनेकाे यस्तै पिडादायी ठाँउ त हाेला नि भने जस्तो लाग्छ ।

अहिले डाक्टरकाे राउन्ड हुने बेला । सुत्केरी बेथाले चापेकाहरू डाक्टर डाक्टर भनिरहेछन् । डाक्टर र नर्सहरू उनीहरूकाे नजिक पर्दैनन् । यतिबेला यिनले समाए भने हातै नीलो पारिदिन्छन् रे । त्यत्रो तागत तिसँग कसरी आउँदाे हाे ? म अबाक बनी रहेछु । डाक्टरलाई बच्चा जन्मने घर कति खुल्यो हेरीदेउन भनेर आब्हान गरिरहेछन् । म यस्तो लेबर रूममा बसेकाे बेलामा पनि मेरो शरीर छाेईदिन्छन् कि भनेर मुखदेखि गाेडासम्म ढाकेर सुतेको छु ।

सबै जना सुस्केरा हालिरहेछन् । अईया र मरे नि भनिरहेछन । म चै बैसाख मासाकाे गर्मिमा मुख ढाकेर लामाे श्वास तानिरहेछु । हेरीसाध्य छैन आमाहरूकाे तडप , सुनीसाध्य छैन आमाहरूकाे क्रन्धन । चानचुने कुरै थिएन याे त सृष्टिको सृजना हुदै थियोे । मान्छे बाट मान्छे नै उत्पत्ति हुने प्रक्रिया थियो । प्राकृतिक नियम भएकोले सहज मानिए पनि भाेग्नेलाई पाे थाहा हुन्छ त यो कति कठिन छ भन्ने कुराे । सातबटा बेड थिए । सुत्केरी हुदै जाने र थपिने क्रम जारी थियो । दुई तिर फर्काईएका बेडबाट अगाडिको बिरामीलाई जाँच गर्दा सामुन्ने बालाले सबै देख्ने कस्तो दृष्य ।

नियमित चेकजाँच गर्न गएको मलाई “ल पानी चुहिन थालेकोले बच्चालाई खतरा छ , तु भर्ना हुनु ” भनेकाेले भर्ना भएर अघिल्लो दिनै म लेबर रूममा लगिएको थिए । मनमा डर र त्रासले घरजम गर्याे । दिदी साथमा भएकोले अप्रिय केही नहुनेमा भराेषा चै थियो । ब्यथै नलागेकि म ब्षथाले छटपटाई रहेका आमाहरूकाे बिचमा पुग्नु त्यो भन्दा ठुलो ब्यथा के हुदाे रहेछर ।

भित्तामा टाँसिएका अनेकौं सुझावहरू थिए तर ती पिँडाले रन्थनिएका हरूले त्यस्काे फलाे कसरी गर्न सक्थे र । म सम्झाउन खाेज्थे । बच्चाकाे धड्कन हेर्न आउनेहरू कति खेर बच्चाले आचि खायो भन्छन् कति खेर बच्चा चलेको छैन भन्छन् । शारीरिक पीडा छैन तर मानसिक रूपले म पनि घायल बनिरहेछु ।

कतिखेर राति नै अप्रेसन गर्न भनेर डाक्टर बाेलाउछन । कति खेर के । वर्ष दिन जस्तो लामे रात बितेर बिहान भयो । मलाई चुपचाप बसेकाे देखेर डाक्टरले डिस्चार्ज गर्न सुझाए म फेरि अबाक बने । हिजो दिउँसो छिटो भर्ना गर भनेको ,राति नै अप्रेसन गर्न लागेकाे मान्छे अहिले डिस्चार्ज गर्ने भन्छन् ।

म दिदी (रीता ) छिटो आए हुने भन्ने कामना गरिरहेछु । सुर्य दिदीकाे मर्णिङ डियुटी रहेछ । उहाँ आएपछि ब्यथा लाग्ने सुई दिईयाे । शरिरका नस नारी गल्दै गए । पीडा थपिदै गयो । तर पनि म चुक्क कराईन । नर्स र डाक्टरलाई पुकारीन । बाहिर भएका श्रीमानलाई बाेलाईन । मात्रै मनले दिदी दिदी भनिरहर्याे । भराेषा भन्ने चिज कस्तो रहेछ मैले त्यतिखेर थाहा पाए । बस दिदी आईपुग्दा मेरो हात उठाएर बाेलाउन पनि नसक्ने भएको थियो , बल्ल सहारा भेटेकाे जस्तो भएर दिदीलाई बाेलाउने भएको कान्छी औंला मात्रै हल्लन्छ ।

म सिथिल भएको थिए । पिँडाले लामो लामो श्वास निस्की रहेको थियो । रात भरी हेरेको हरहर शाेले पीडाकाे मापन गर्न असमर्थ भएको थिए । यात ती दृष्यले मलाई पिडा सहन सक्ने बनाएका थिए ! रेष्टरूम जाने र आउने क्रमका बिच म अर्को काेठामा लगिए । जहाँबाट एउटा जीवनकाे उत्तपती भयाे । मेरो जीवनकाे पहिलो सजिव सृजना । मैले गरेको सृष्टि । म शिथिल भए । शरीर पुरै रित्तो भए जस्तो भयो । उसको रुवाई सँगै म शान्त भए । यो रूवाई दुखाईकाे थिएन , थिएन गुनासाहरूकाे यो रूवाई त थियो उसकाे विजयको उद्घाेष । धर्ती देख्न का लागि उसको संघर्षको अन्तय भएको जानकारी । उसलाई सफा गर्न लगियो । मेरा आँखा उतै तिर तानिरहे । उसको माेहले म यति माेहित भएछु कि दिदीसँगकाे भराेषा नि टुटायो । बच्चा साटिन्छकि भनेर आँखा बेसिनबाट हटेको हाेईन ।

उसलाई सफा गरेर लुगामा गुटुमुटु पारेर जब मेरो छातिमा टाँस्न ल्याईयाे । एकैपटक भयङ्कर भाेक लाग्यो । थकाइ लाग्यो । बाहिर निकालिए बाहिर उ उसको बाबुकाे काखमा सुतिरहेकी थिई । मेरो दिदी ,सुसिला दिदी ( जेठानी ) र माइजू प्रमिला हुनुहुन्थ्यो । भाेकले हत्तु भएको भए पनि प्रतिमाले पकाएकाे ज्वानाेकाे झाेल भात रुच्दै रुचेन ।

ड्रेसिङ गर्न जाँदा कसैले भनेको सुने उहाँलाई असाध्यै गाह्रो भएको थियो । म दङ्ग परे मैले पिडा नदेखियाेस भनेर पुरै शरीर कम्वलले ढाकेकाे थिए । कसरी उस्ले देखि ? के पिडापनि आशु जस्तै चुहिँदाे रहेछ कि ?

आज पुरै तेईस वर्ष भयो तर त्यो त्रासादी पुर्ण रात र त्यो अपुर्ब सृजना गर्दाकाे क्षण अजै सजिव जस्तो लाग्छ ।

आज उ समय भन्दा परिपक्क भएकी छ । न्युराे अस्पतालकाे आईसियुमा काम गर्छे । जहाँ आउने प्राय जसाे बिरामी ठिक हुने आशाकाे त्यान्द्राेमा मात्रै झुन्डिएर आईपुगेका हुन्छन् भनाै वा ल्याईएका हुन्छन् । कतिपय त थाहापनि पाउदैनन् मलाई के हुदैछ भनेर , कति सम्पन्न मान्छे , परिवारकाे जम्माजाल हुदाहुदै ती अन्तिम समयमा एक्लै हुन्छन् । आफन्तकाे साथ तिनले खाेज्दा हुन् । यसैले अरू डराउछन् म त मर्दै गरेको मान्छेकाे हात समाई दिन्छु । उसले महशुस गर्दाे हाे म एक्लै छैन भनेर भन्छे । शरीर क्षणभङ्गुर हाे भन्ने कुरा बुझेकि छे । शरिरका अंगले साथ दिनु भनेको आफन्तकाे साथ भन्दा कैयौंगुणा ठुलो हाे भनेर आँफै प्रति गाैरव गर्न सिकाउछे । उ मेरो गुरु भएकी छे । यसैल त गर्व छ मेरो सृजना मेरो सृष्टि प्रति ।