आज अष्टमीव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् २०७७ वैशाख १९ गते


हरेकपल April 30, 2020


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको १९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको १ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको अष्टमी तिथि बिहान ८।४९ बजेसम्म हनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । अश्लेषा नक्षत्र राति ८।५८ बजेसम्म रहनेछन् । यसैगरी आज गण्ड योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ५।२६मा छ भने सूर्यास्त बेलुका ६।३७ बजे हुनेछ । चन्द्रमा आज कर्कट राशिमा रहेका छन् ।


आज अष्टमीव्रत परेको छ । यसैले आज गोरखकालकिा भगवतीको उपासना विशेष लाभदायी रहनेछ ।