कोरोना अपडेट : संक्रमितको संख्या ३३ लाख नाघ्यो, २ लाख ३४ हजारको मृत्यु


हरेकपल May 1, 2020

एजेन्सी । कोरोना भाइरस ९कोभिड–१९० बाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार पुगेको छ। पछिल्लो तथ्या‌ंकअनुसार विश्वमा २ लाख ३३ हजार ९ सय ६६ जनाको ज्यान गएको छ।

त्यस्तै संक्रमितको संख्या ३३ लाख नाघेको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार ३३ लाख पाँच हजार संक्रमित पुगेका छन्। त्यस्तै बिहीबार सम्ममा संसारभरबाट १० लाख ३९ हजार मानिस निको भएका छन्। संक्रमणका कारण पछिल्लो चौबिस घण्टामा विश्वमा ५ हजार ८ सय जनाको मृत्यु भएको छ।

सोही अवधिमा विश्वमा ८५ हजार ९ सय ५७ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। अमेरिकामा कोरोना कारण २ हजार २ सय १ जनाले ज्यान गुमाएका छन्।

३० हजार ८ सय २५ जना नयाँ संक्रमित उपचारको लागि अस्पताल पुगेको छन्। अमेरिकामा मृत्यु हुनेको संख्या ६३ हजार ८ सय ५६ रहेको छ। त्यस्तै त्यहाँ संक्रमितको संख्या १० लाख ९५ हजार छ।