बहराइनमा १५७ नेपालीमा कोरोना संक्रमण पुष्टि


हरेकपल May 1, 2020

काठमाडौं । बहराइनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुने नेपालीको संख्या १५७ जना पुगेको छ ।

बहराइनमा थप ३१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएपछि बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या १५७ जना पुगेको बहराइनमा रहेको नेपाली दूतावास बहराइनले जनाएको हो।

यसअघि १२६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

यस्तै, दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ। समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिने र समस्या समाधानका लागि सहजीकरण गर्न समस्यामा परेका नेपालीको विवरण सङ्कलन गर्न लागिएको दूतावासले जनाएको छ ।