नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५९


हरेकपल May 1, 2020

काठमाडौं, २० वैशाख । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५९ पुगेको छ ।

शुक्रबार रुपन्देही र बाँकेमा १–१ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि ५९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दुवैको अवस्था सामान्य छ ।