भारतमा खाना पकाउने ग्यासमा २६० रुपैयाँ घट्यो


हरेकपल May 1, 2020

काठमाडौं– भारतमा खाना पकाउने ग्यासको मूल्य घटेको छ । भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सिलिन्डरमा १ सय ६२ भारु (२५९.२ नेपाली रुपैयाँ) घटेको छ ।

भारतमा प्रत्येक महिनाको पहिलो दिन ग्याँसको मूल्यमा हेरफेर हुने गरेको छ । आजसहित लगातार तीन महिना भारतमा ग्यासको मूल्य घटेको हो ।

भारतको राजधानी नयाँ दिल्लीमा अनुदानविनाको ग्यास प्रति सिलिन्डर ७४४ भारुबाट घटेर ५८१ भएको छ । त्यस्तै, मुम्बईमा ७१४ बाट घटेर ५७९ भारु भएको छ ।

त्यस्तै कलकत्तामा १९० भारु घटेर ५८४ कायम भएको छ ।