सर्वहाराको पारा


हरेकपल May 2, 2020

राजनीति इज्जतको गहना हो । सुख, शान्ति र वैभव भत्रु जनताको हित हो, उत्थान हो, देशको चौतर्फी विकास हो । वी.पी.कोइराला, मनमोहन हुँदै कृष्णप्रसाद भट्टराईसम्म राजनीतिले कुनै न कुनै कोणबाट यो श्रेय पायो । यस गरिमालाई बचायो नै । जसले जताबाट जे–जे फूर्ति गरे पनि दश वर्षे जङ्गली विद्रोह नेपाली इतिहासमा कालो दागका रूपमा स्थापित हुँदै गइरहेको कुरा शतप्रतिशत ओली सरकारको वर्तमान क्रियाकलापले स्पष्ट प्रमाणित गरिरहेको छ ।

पूँजीवादी चिन्तनका सोच र संस्कारमा रहेका नेताबाट समेत यस्ता सर्वाङ्ग नाङ्गिएका घटनाहरू, क्रियाकलापहरू, राजनैतिक सोचका परिणाम देखापर्नु राम्रो वा असल सङ्केत ठात्र सकित्र । यो कथित सर्वहाराको खोल ओढेको मात्र भन्दा पनि फरक पर्दैन अब । आफू मेटिएर देश र जनताको भित्रै देखिको उत्थान कार्यमा संलग्न हुनु पर्नेमा उल्टै देश र जनताका हड्डीसम्म चुसेर आफू किमजोङ हुने एक्सरसाइजमा जुटिरहेको छ । एक पछि अर्को बाहिर देखिँदै गरेका घटनाले यसकै पुष्टि गर्दछ । वाइडबडी काण्ड, बाँस्तोलाको चौहत्तर करोड बार्गिनिङ् काण्ड र पछिल्लो ढकाल काण्ड यति मानवीय संवेदनाका सिया काण्ड हुन्, जसले कथित सर्वहाराका शरीरको बाघको छाला काण्ड र मनको ब्वाँसाको मुख बनेर घोचिरहन्छन्, मात्र होइन नेपाली जनतामा अलिकति पनि चेतनाको स्तर उठेको छ भने झुक्किएर पनि फेरि यिनीहरूलाई भोट हाल्ने छैनन् ।

अहिले कोरोनाको कहरले नेपाल र नेपाली मात्र होइन विश्व जनमानसिकता नै कष्टकर जीवनको भुङ्ग्रोमाथि पोलिएर छट्पटाइरहेको अवस्था छ । नेपाल त झन् स्रोतसाधनरहित अर्काकै भिक्षाबाट गुजारा, जोहोचाँजो, औषधोपचारको भनौँ सबै गर्नुपर्ने आर्थिक विपत्रताको नमुना देश हो । यो आफैँमा सम्पत्र र समृद्धशाली भू–परिवेशलाई यस स्थितिमा ल्याउने काम पनि यिनै निकम्मा नेताहरूले लामो समय अघिदेखि नै गरे, गर्दैरहे । माक्र्स र माओवादको मसीहा आफूलाई ठह¥याउने ओली सरकारमा देखा परेका यी आपराधिक घटनाचाहिँ कसैलाई क्षम्य हुनु नपर्ने हो । कुनै जमानामा ओलीको प्रशंसा गरेर नथाक्ने म अहिले घृणा गरेर नथाक्ने भएको छु, घटनाले त्यही देखाएको छ ।

यतिका बिघ्न कोलाहलमा, कसरी बाँचाैँको सन्त्रासले विश्व मानव समाजलाई भित्रैदेखि आतङ्कित पारिरहेका बेलामा अरूको त कुरै छाडौँ, आफ्नै कथित सर्वहाराको बर्सादी ओढेका समूहबीच नै विरोधको आगो बल्ने क्रियाकलापमा प्रधानमन्त्री ओलीको त एकछिनलाई कुरै छाडौं राष्ट्रप्रमुखको त्यसमा पनि संवैधानिक राष्ट्रपतिको फेटा गुथेकी राष्ट्रपतिसम्मले कानुनविद्हरूसँग सम्बन्धित पार्टीका अर्का अध्यक्षसँग समेत परामर्श गरौँको सानो चेतना ब्युँझाउन नसक्नु कति लाचारी होला ? यिनै राष्ट्रपति हुन्, जसले एउटा विधेयक सरकारले प्रस्तुत गर्दा तीन महिनासम्म निजी घर्रामा कोचेका प्रमाण छन् । आज दुई घण्टामै ‘प्रधानमन्त्री आँखा झिम्काउने राष्ट्रपति हात चलाउने’ र अध्यादेश केन्द्रिय कमिटीको बैठक नसकिँदै फ्ल्यासआउट गरिसक्ने, यो कस्तो बिडम्बना ! मानौँ एउटा सानो घरमा बाबु आँखा झिम्काउँछन् अनि आमा तुरुन्त त्यस कामको परिणाम निकाल्छिन् । यसको मतलब जनता खान नपाऊँन्, कोरोनाले पञ्जा फैलाइरहोस्, मान्छे मरेका म¥यै हुन्, आफू उत्तर कोरियाको अभ्यासमा जुटिरहुँ, त्यो पनि विकासमा होइन मात्र कुर्सीलाई सुदूरभविष्यसम्म सोझ्याएर जे चाह्यो त्यही, जे बोल्यो त्यही, आफूले गरेको बेठीक पनि ठीक र अर्काले बोले÷गरेका ठीक पनि बेठीक बनाउन सकौँको पारामा ।